२. परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा, –
(क) “ऐन” भन्नाले राष्ट्रिय प्रसारण ऐन, २०४९ सम्झनु पर्छ ।
(ख) “अनुमतिपत्र” भन्नाले ऐनको दफा ९ को उपदफा (२) बमोजिम स्याटेलाइट तथा केबुल टेलिभिजन सम्बन्धी भू–उपग्रह प्रसार केन्द्र स्थापना गरी कार्यक्रम प्रसारण गर्न दिइएको स्वीकृति सम्झनु पर्छ र सो शब्दले कार्यक्रम डाउनलिङ्क गर्न तथा सिग्नल वितरणको लागि नियम ६ बमोजिम प्रदान गरिएको अनुमतिपत्र समेतलाई जनाउँछ ।
(ग१) “डाउनलिङ्क” भन्नाले स्याटेलाइट: वा इन्टरनेट प्रोटोकल मार्फत प्रसारण गरिएका कार्यक्रमलाई स्थानीय बितरण प्रणाली, अन्य सञ्चार माध्यम वा स्याटेलाइट वितरण प्रणालीको माध्यमबाट प्रसारण गर्न डाउनलिङ्क गर्ने कार्य सम्झनु पर्छ।
(ग२) “स्थानीय वितरण प्रणाली” भन्नाले स्याटेलाइट वा भू–उपग्रह प्रसार केन्द्रबाट प्रसारण गरिएका कार्यक्रम केबुल, मल्टिच्यानल मल्टिप्वाइन्ट डिष्ट्रिब्यूशन सिष्टम वा यस्तै अन्य किसिमका वितरण प्रणाली प्रयोग गरी कुनै खास क्षेत्रका उपभोक्ता समक्ष वितरण गर्ने प्रणाली सम्झनु पर्छ ।
(ग३) “स्याटेलाइट वितरण प्रणाली” भन्नाले नेपालभित्र स्थापना गरिएको भू– उपग्रह प्रसार केन्द्रको माध्यमबाट उपभोक्तालाई कार्यक्रम वितरण गर्ने प्रणाली सम्झनु पर्छ र सो शब्दले केयू ब्याण्ड भू–उपग्रहको माध्यमबाट उपभोक्ता समक्ष सोझै कार्यक्रम वितरण गर्ने कार्य (डाइरेक्ट टु होम) समेतलाई जनाउँछ ।”
(ग४), “ओ.टि.टि.", भन्नाले उपभोक्ताको माग बमोजिमको कुनै कार्यक्रम डि.टि.एच. केबल वा उपग्रह टेलिभिजनको माध्यम प्रयोग नगरी इन्टरनेट: मार्फत. गराइने सेवा सम्झनु पर्छ र सो शब्दले इन्टरनेट मार्फत अरू प्लेटफर्म माथिको- मिडिया स्ट्रिमिङ सेवा समेतलाई जनाउँछ।(ग५) (“भि.ओ.डि”? भन्नाले मन्त्रालयबाट बितरण प्रणालीको इजाजतपत्र लिएको संस्थाले आफ्नै नेटवर्क भित्रका उपभोक्ताको माग बमोजिम टेलिभिजन बाहेकका कार्यक्रम उपलब्ध गराउने सेवा सम्झनु पर्छ।
(ग६) “अनलाइन टेलिभिजन” भन्नाले आफैंले उत्पादन गरी इन्टरनेटको माध्यमबाट आफ्नो डोमेन वां आफ्नै ओ.टि.टि. प्रसारण सेवा मार्फत: निश्चित तालिका बमोजिम नियमित रुपमा श्रव्य दृश्य कार्यक्रम प्रसारण गर्ने टेलिभिजन संस्था सम्झनु पर्छ।
(ग७) “अनलाइन रेडियो” भन्नाले आफैंले उत्पादन गरी इन्टरनेटको माध्यमबाट आफ्नो डोमेन वा आफ्नै ओ.टि.टि. प्रसारण सेवा मार्फत निश्चित तालिका बमोजिम नियमित रुपमा श्रव्य कार्यक्रम प्रसारण गर्ने रेडियो संस्था सम्झनु पर्छ।
(घ) “उपभोक्ता” भन्नाले इजाजतपत्र तथा अनुमतिपत्र प्राप्त प्रसारण संस्था वा व्यक्तिको संचार सेवा उपभोग गर्ने व्यक्ति वा संस्था सम्झनु पर्छ ।
(ङ) “ मन्त्रालय” भन्नाले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्झनु पर्छ।
(च) “ओ.टि.टि. प्रसारण सेवा” भन्नाले डिजिटल कार्यक्रम वितरक संस्थाबाट प्राप्त गरेको श्रव्य वा श्रव्य दृष्य सामग्री, श्रव्य दृष्य पडकास्ट वा भिडियो सामग्री वा अन्य व्यक्ति. वा संस्थाले उत्पादन गरेको गीत, सङ्गित, म्युजिक भिडियो, वृत्तचित्र, स्वदेशी वा विदेशी चलचित्र जस्ता सामग्रीलाई कम्प्युटर सर्भर तथा स्टोरेजमा भण्डारण तथा व्यवस्थापन: गरी त्यस्तो सङ्ग्रहित सामग्री चाहेको बखत चाहेको स्थानबाट ओ.टि.टि. एप्स मार्फत ओ.टि.टि.. डिभाइसमा उपभोक्ताको पहुँच दिने सेवा सम्झनु पर्छ र सो शब्दले आफैंले कार्यक्रम उत्पादन गरी भू-सतही, भू-उपग्रह वा केबलको माध्यमबाट प्रसारण गर्ने टेलिभिजन च्यानल, एफ.एम. रेडियो वा रेडियो नेटवर्क प्रसारण संस्थाले आफ्नो प्रसारणलाई इन्टरनेटमा आवद्ध उपभोक्ताको ओ.टि.टि. डिभाइसमा ओ.टि.टि. एप्स मार्फत पहुँच दिने सेवा समेतलाई जनाउँछ।(छ) “डिजिटल कार्यक्रम” भन्नाले आफैंले उत्पादन गरेको श्रव्य, श्रव्य दृष्य वा भिडियो सामग्री वा अन्य व्यक्ति वा संस्थाले उत्पादन गरेको गीत, सङ्गित, म्युजिक भिडियो, वृत्तचित्र, राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रसारण, स्वदेशी वा विदेशी चलचित्र वा विदेशी ओ.टि.टि. को डिजिटल कार्यक्रम लगायतका सामग्रीलाई कम्प्युटर सर्भर वा स्टोरेजमा भण्डारण तथा व्यवस्थापन गरिएको सङ्ग्रहित कार्यक्रम (कन्टेन्ट) सम्झनु पर्छ ।
(ज) “डिजिटल कार्यक्रम वितरक” भन्नाले डिजिटल कार्यक्रम वितरण गर्न ओ.टि.टि., सिग्नल वितरणको अनुमतिपत्र प्राप्त संस्था सम्झनु पर्छ।