Rule 2
परिभाषा

(१) विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा,–
(क) “ऐन” भन्नाले विदेशी लगानी कर ऐन, २०१९ सम्झनु पर्छ ।
(ख) “कर” भन्नाले विदेशी लगानी कर सम्झनु पर्छ ।
(ग) “करदाता” भन्नाले कर बुझाउनु पर्ने कर्तव्य भएका व्यक्तिलाई सम्झनु पर्छ ।
(घ) “अनुसूची” भन्नाले यी नियमहरूको अनुसूची सम्झनु पर्छ ।