Rule 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा–
(क) “सरकारी कार्यालय” भन्नाले सैनिक तथा प्रहरी कार्यालयहरू बाहेक नेपाल सरकारको अन्य सबै कार्यालयहरू सम्झनु पर्छ र सो शब्दले संवैधानिक अङ्गहरूका कार्यालयहरू समेतलाई जनाउ“छ ।
(ख) “धुल्याउनु” भन्नाले सरकारी कार्यालयमा रहेको कागजातमा लेखिएको व्यहोरा पढ्न, बुझ्न वा त्यसको कुनै उपयोग गर्न नसकिने गरी रद्द गर्ने कार्यलाई सम्झनु पर्छ र सो शब्दले त्यस्तो कागजातलाई आगोमा डढाउने कार्यसमेत जनाउ“छ ।
(ग) “कार्यालय प्रमुख” भन्नाले सरकारी कार्यालयको प्रमुख सम्झनु पर्छ ।