Section 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा–
(क) “सामाजिक व्यवहार” भन्नाले विवाह, ब्रतबन्ध, चूडाकर्म, पास्नी, न्वारान, जन्मदिवस, छैठी, बूढो–पास्नी र पितृ–कार्य समेतलाई जनाउँछ ।
(ख) “नजीकको नातेदार” भन्नाले जुन व्यक्तिको सामाजिक व्यवहार हुने हो, सो व्यक्तिको बाबु पक्ष र आमा पक्षका चार पुस्ता भित्रको नातेदार सम्झनु पर्छ र सो शब्दले तेह्र दिनसम्म जूठो बार्नु पर्ने दाजु भाइको परिवार, भान्जाभान्जी, छोरीपट्टिको नाति–नातिनी, फुपूको छोरा छोरी, जेठी आमा र सानीआमाको छोरा छोरी, छोरी ज्वाइँ, बहिनी–ज्वाइँ, भिनाज्यू र मीतलाई समेत जनाउँछ ।
तर पितृ–कार्यको हकमा जसले पितृ–कार्य गर्ने हो निजको उपरोक्त बमोजिमको नातेदार सम्झनु पर्छ ।