Section 2
परिभाषा

विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यो ऐनमा,–
(क) “होटेल” भन्नाले भोजन (खानापिना) को प्रबन्ध भई वा नभई बसोबासको सुविधा दिने गरी व्यावसायिक आधारमा चलाइएको होटेल सम्झनु पर्छ र यो शब्दले रेष्टुराँ समेतलाई जनाउँछ ।
(ख) कुनै होटेल वा पसलका सम्बन्धमा “मालिक” भन्नाले होटेल वा पसलको कारोबारमा अन्तिम नियन्त्रण भएको व्यक्तिहरु सम्झनु पर्छ र यो शब्दले त्यस्तो होटेल वा पसलको काम चलाउन मैनेजर वा मैनेजि· एजेण्ट नियुक्त भैराखेको भए निजलाई समेत
जनाउँछ ।
(ग) “ग्राहक” भन्नाले होटेलमा बसोबास गरी वा नगरी भोजन (खानापिना) को लागि होटेलमा आउने ग्राहक सम्झनु पर्छ ।
(घ) “मदिरा” भन्नाले फलफूल वा अन्न कुहाई वा अन्य कुनै तरीकाले तयार गरिने विदेशी वा स्वदेशी सबै किसिमको रक्सी र वियर समेतलाई सम्झनु पर्छ ।
(ङ) “पसल” भन्नाले भट्टी पसललाई समेत जनाउँछ ।
(च) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियमहरुमा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ