Rule 2
परिभाषा
(१) विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरुमा,–
(क) “ऐन” भन्नाले क्षतिपूर्ति ऐन,२०१९ सम्झनु पर्छ ।
(ख) “अधिकृत” भन्नाले स्टकको सम्बन्धमा कामकाज गर्ने नेपाल राष्ट्र बैड्ढका कर्मचारी सम्झनु पर्छ ।
(ग) “स्टकको मुख्य भाग” भन्नाले स्टकको क्रमसंख्या स्टकमा दस्तखत गर्ने अधिकृतको दस्तखत भएको हिस्सा वा स्टकमा उल्लेख भएको मूल्य वा व्याज भुक्तानी पाउनेको नाम लेखिएको वा नामसारी भएको कुराको उल्लेख भएको स्टकको भागहरु सम्झनु पर्छ,
(घ) “बिकृत स्टक” भन्नाले स्टकको मुख्य भाग वा भागहरु च्यातिई वा अन्य तरीकाबाट नष्ट भएको वा नोक्सान भएको स्टकलाई सम्झनुपर्छ ।
(ङ) “हराएको स्टक” भन्नाले धनीको कब्जामा नरहेको स्टक सम्झनु पर्छ ।
(च) “अस्पष्ट स्टक” भन्नाले स्टकको मुख्या भाग नबुझिने भएको स्टक सम्झनु पर्छ ।
(२) यी नियमहरुमा प्रयोग गरिएका (तर परिभाषा नगरिएका) शब्द तथा बाक्यांश को अर्थ ऐनमा दिए बमोजिम हुनेछ ।