Section 2
परिभाषा
: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-
(क) “आन्तरिक कार्यविधि” भन्नाले सहकारी संस्थाले दफा २८ बमोजिम बनाएको आन्तरिक कार्यविधि सम्झनु पर्छ ।
(ख) “कसूर” भन्नाले दफा १२२ बमोजिमको कसूर सम्झनु पर्छ ।
(ग) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(घ) “परिवार” भन्नाले सदस्यको पति वा पत्नी, छोरा, बुहारी, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूले पालन पोषण गर्नु पर्ने दाजु, भाउजू, भाइ, बुहारी र दिदी, बहिनी सम्झनु पर्छ ।
तर सो शब्दले अंशबण्डा गरी वा मानो छुट्टिई आ-आफ्नो पेशा व्यवसाय गरी बसेको परिवारको सदस्यलाई जनाउने छैन ।
(ङ) “प्राथमिक पूँजी कोष” भन्नाले शेयर पूँजी र जगेडा कोष सम्झनु पर्छ ।
“(ङ१) “प्राधिकरण” भन्नाले दफा १०३क. बमोजिम स्थापना भएको राष्ट्रिय सहकारी नियमन प्राधिकरण सम्झनु पर्छ।
(च) “बचत” भन्नाले सदस्यले सहकारी संस्थामा जम्मा गरेको रकम सम्झनु पर्छ ।
(छ) “मन्त्रालय” भन्नाले सहकारी सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालय सम्झनु पर्दछ ।
(ज) “मुख्य कारोबार” भन्नाले संस्था वा सङ्घले सञ्चालन गरेको व्यावसायिक क्रियाकलापहरूमा पछिल्लो आर्थिक वर्षसम्ममा परिचालित बचतको दायित्व र पछिल्लो आर्थिक वर्षको सदस्यतर्फको खरिद वा बिक्री कारोबारमा कम्तीमा तीस प्रतिशतभन्दा बढी हिस्सा भएको कारोबार सम्झनु पर्छ ।
(झ) “रजिष्ट्रार” भन्नाले दफा ९२ बमोजिम तोकिएको रजिष्ट्रार सम्झनु पर्छ ।
(ञ) “लेखा सुपरिवेक्षण समिति” भन्नाले दफा ४८ बमोजिमको लेखा सुपरिवेक्षण समिति सम्झनु पर्छ ।
(ट) “विनियम” भन्नाले सम्बन्धित सहकारी संस्थाको दफा २७ बमोजिम बनाएको विनियम सम्झनु पर्छ ।
(ठ) “विभाग” भन्नाले सहकारी विभाग सम्झनु पर्छ ।
(ड) “शेयर” भन्नाले सहकारी संस्थाको शेयर पूँजीको विभाजित अंश सम्झनु पर्छ ।
(ढ) “स्थानीय तह” भन्नाले गाउँपालिका तथा नगरपालिका सम्झनु पर्दछ र सो शब्दले उपमहानगरपालिका र महानगरपालिकालाई समेत जनाउँछ ।
(ण) “सञ्चालक” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको पदाधिकारीलाई समेत जनाउँछ ।
(त) “सदस्य” भन्नाले सहकारी संस्थाको सदस्यता प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ।
(थ) “समिति” भन्नाले दफा ४१ को उपदफा (१) बमोजिमको सञ्चालक समिति सम्झनु पर्छ ।
(द) “सहकारी बैङ्क” भन्नाले दफा १२ बमोजिम गठन भएको सहकारी बैङ्क सम्झनु पर्छ ।
(ध) “सहकारी मूल्य” भन्नाले स्वावलम्बन, स्व–उत्तरदायित्व, लोकतन्त्र, समानता, समता, ऐक्यवद्धता, इमान्दारी, खुलापन, सामाजिक उत्तरदायित्व तथा अरुको हेरचाह लगायत अन्तरराष्ट्रिय मान्यता प्राप्त सहकारी सम्बन्धी मूल्य सम्झनु पर्छ ।
(न) “सहकारी व्यवसाय” भन्नाले सहकारी संस्थाको विनियममा व्यवस्था भए बमोजिम सञ्चालित व्यावसायिक क्रियाकलाप सम्झनु पर्छ ।
(प) “सहकारी सिद्धान्त” भन्नाले स्वेच्छिक तथा खुला सदस्यता, सदस्यद्वारा लोकतान्त्रिक नियन्त्रण, सदस्यको आर्थिक सहभागिता, स्वायत्तता र स्वतन्त्रता, शिक्षा, तालिम र सूचना, सहकारी-सहकारीबीच पारस्परिक सहयोग र समुदायप्रतिको चासो लगायत अन्तर्राष्ट्रिय मान्यता प्राप्त सहकारी सम्बन्धी सिद्धान्त सम्झनु पर्छ ।
(फ) “सहकारी संस्था” भन्नाले संस्था वा सङ्घ सम्झनु पर्छ र सो शब्दले सहकारी बैङ्कलाई समेत जनाउँछ ।
(ब) “सङ्घ” भन्नाले दफा १५ बमोजिम दर्ता भएको जिल्ला विषयगत सहकारी सङ्घ, जिल्ला सहकारी सङ्घ, प्रदेश विषयगत सहकारी सङ्घ, प्रदेश सहकारी सङ्घ, केन्द्रीय विषयगत सहकारी सङ्घ र विशिष्टिकृत सहकारी सङ्घ सम्झनु पर्छ र सो शब्दले सोही दफा बमोजिम दर्ता भएको राष्ट्रिय सहकारी महासङ्घलाई समेत जनाउँछ ।
(भ) “संस्था” भन्नाले दफा ३ बमोजिम गठन भई दफा १५ बमोजिम दर्ता भएको विषयगत वा बहुउद्देश्यीय संस्था सम्झनु पर्छ ।
(म) “साधारण सभा” भन्नाले सहकारी संस्थाको साधारण सभा सम्झनु पर्छ ।