Section 32A
पूर्वादेशः
(१) कुनै व्यक्तिले यो ऐन लागू हुने अवस्था बारे कुनै द्विविधा निराकरणका लागि बिभाग समक्ष लिखित रूपमा निवेदन दिएमा विभागले त्यस्तो व्यक्तिलाई लिखित रूपमा सूचित गरी विभागको धारणा तोकिए बमोजिम पूर्वादिशद्वारा जारी गर्न सक्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनको कार्यान्वयनका सम्बन्धमा देखापरेको कुनै द्विविधा सम्बन्धी विषय अदालतमा विचाराधीन रहेको वा अदालतबाट निर्णय भइसकेको अवस्थामा त्यस्तो विषयमा विभागले उपदफा (१) बमोजिमको पूर्वादेश जारी गर्न सक्ने छैन ।