प्रस्तावना 0
प्रस्तावना
ः नेपालको सर्वाङ्गीण विकासको लागि आवश्यक दक्ष जनशक्ति तयारगर्न, स्तरयुक्त उच्च शिक्षा प्रदान गर्न, विविध पक्षमा अनुसन्धान गर्न राष्ट्रिय संस्कृति रपरम्पराको संरक्षण र विकास गर्न, कला, विज्ञान, प्रविधि तथा व्यावसायिक क्षेत्रको ज्ञान र अनुसन्धानलाई व्यापक एवं व्यवहारिक र समय सापेक्ष बनाउने क्रममा संवत् २०१६ सालमास्थापना भएको त्रिभुवन विश्वविद्यालयलाई बढी सक्षम बनाउन वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्न्द्र वीर विक्रम शाहदेवेवको शासनकालको एक्काइसौ वर्षमा संसदले यो ऐन बनाएकोछ ।