प्रस्तावना 0
प्रस्तावना
ः जुलाई १९४४ मा संयुक्त राज्य अमेरिकाको न्यू हेम्पशायर, ब्रेटन उड्समा भएको संयुक्त राष्ट्र द्रव्य र आर्थिक सम्मेलनमा गरिएको सम्झौता अनुसार अन्तर्राष्ट्रिय द्रव्य कोष र अन्तर्राष्ट्रिय पुनर्निर्माण एवं विकास बैंङ्क स्थापित भएको र, अन्तर्राष्ट्रिय द्रव्य कोष र अन्तर्राष्ट्रिय पुनर्निर्माण एवं विकास बैंङ्कले यस ऐनको अनुसूची १ र २ मा उल्लेख भएका शर्तहरूमा नेपाललाई अन्तर्राष्ट्रिय द्रव्य कोष र अन्तर्राष्ट्रिय पुनर्निर्माण एवं विकास बैंङ्कको सदस्य बनाउन सकिने भनी शर्तहरू तोकेको र, माथि लेखिए बमोजिमका शर्तहरू पूरा गर्नका लागि यसपछि लेखिएका कुराहरूको व्यवस्था गर्नु आवश्यक भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाइबक्सेकोछ ।