Section 3
मतदाता
देहायको निर्वाचनमा मतदान गर्ने प्रयोजनका लागि आयोगले अन्तिम मतदाता नामावलीमा नाम समावेश गरेको देहायको व्यक्ति त्यस्तो निर्वाचनको लागि मतदाता हुनेछः
(क) राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि सङ्घीय संसदका सदस्य र प्रदेश सभाका सदस्य,
(ख) प्रतिनिधि सभाको सदस्य र प्रदेश सभाको सदस्यको निर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रभित्रको गाउँपालिका वा नगरपालिकाको वडामा स्थायी बसोबास भएको व्यक्ति,
(ग) राष्ट्रिय सभाको सदस्यको निर्वाचनको लागि प्रत्येक प्रदेश सभाका सदस्य, नगर कार्यपालिका प्रमुख र उपप्रमुख तथा गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष,
(घ) नगर कार्यपालिका प्रमुख र उपप्रमुखको निर्वाचनका लागि सम्बन्धित नगरपालिका भित्रको वडामा स्थायी बसोबास भएको व्यक्ति,
(ङ) गाउँ कार्यपालिका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित गाउँपालिका भित्रको वडामा स्थायी बसोबास भएको व्यक्ति,
(च) नगरपालिका तथा गाउँपालिकाका वडा अध्यक्ष तथा वडा सदस्यको लागि सम्बन्धित वडामा स्थायी बसोबास भएको व्यक्ति,
(छ) नगरपालिकाको सदस्यको निर्वाचनका लागि नगर सभाका सदस्य,
(ज) गाउँपालिकाको सदस्यको निर्वाचनका लागि गाउँसभाका सदस्य ।