Section 18
सजाय
: (१) देहायको काम कारबाही गर्ने गराउने व्यक्ति वा प्रतिष्ठानलाई कसूरको मात्रा अनुसार देहाय बमोजिमको सजाय हुनेछ ः-
(क) दफा ३, ४ वा ५ विपरीत काम कारबाही गरे गराएमा त्यस्तो काम कारबाही बदर गरी त्यस्तो काम कारबाही गर्ने गराउने व्यक्ति वा प्रतिष्ठानलाई पाँच लाख रुपैयाँसम्म जरिबाना,
(ख) दफा ६ को उपदफा (१) विपरीत काम कारबाही गरे गराएमा त्यस्तो काम कारबाही बदर गरी त्यस्तो काम कारबाही गर्ने गराउने व्यक्ति वा प्रतिष्ठानलाई तीन लाख रुपैयाँसम्म जरिबाना,
(ग) दफा ७ विपरीत काम कारबाही गरे गराएमा त्यस्तो काम कारबाही गर्ने गराउने व्यक्ति वा प्रतिष्ठानलाई एक लाख रुपैयाँसम्म जरिबाना,
(घ) दफा ८ विपरीत काम कारबाही गरे गराएमा त्यस्तो काम कारबाही गर्ने गराउने व्यक्ति वा प्रतिष्ठानलाई पचास हजार रुपैयाँसम्म जरिबाना,
(ङ) दफा ९ वा १० विपरीत काम कारबाही गरे गराएमा त्यस्तो काम कारबाही गर्ने गराउने व्यक्ति वा प्रतिष्ठानलाई पच्चीस हजार रुपैयाँसम्म जरिबाना,
(च) खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा लेखिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत काम कारबाही गर्ने गराउने व्यक्ति वा प्रतिष्ठानलाई दश हजार रुपैयाँसम्म जरिबाना ।
(२) उपदफा (१) बमोजिमको सजाय पाएको व्यक्ति वा प्रतिष्ठानले यस ऐन अन्तर्गतको कुनै कसूर पुन गरेमा त्यस्तो व्यक्ति वा प्रतिष्ठानलाई सो उपदफा बमोजिम हुने जरिबानाको दोब्बर जरिबाना हुनेछ ।
(३) उपदफा (१) बमोजिमको काम कारबाही कुनै सम्झौता अनुसार भए गरेको रहेछ भने त्यस्तो सम्झौता समेत बदर हुनेछ ।
(४) कसैले कुनै व्यक्ति वा प्रतिष्ठानलाई हानि नोक्सानी पुर्याउने वा दुःख दिने नियतले झुट्टा उजुर दिएको ठहरेमा निजलाई दश हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।