Section 23
सुविधा:
२३.१ कोषको पूंजी, आम्दानी तथा सम्पत्तिमा कुनै किसिमको आयकर, घर जग्गा कर, सवारी साधनकर, व्याज कर, विक्री कर, रजिष्ट्रेशन दस्तुर, भन्सार महसुल लगायत सरकारी वा स्थानीय …… तहबाट लगाउने कुनै प्रकारका प्रत्यक्ष वा अप्रत्यक्ष कर दस्तुर वा महसुल लगाइने छैन ।
तर –
२३.१.१ कोषको दैनिक कार्य सञ्चालन गर्न चाहिने वस्तुहरू स्थानीय बजारमा खरीद गर्दा त्यसको मूल्यमा समावेश भएका भन्सार महसुल, विक्रीकर, अन्तशुल्क आदि कर वा महसुलको छुट दिइने छैन ।
२३.१.२ कुनै सेवा वापत लाग्ने शुल्क महसुल कोषले बुझाउनेछ ।
२३.२ कोषको नाउँमा दर्ता भएको जग्गामा भूमि सम्बन्धी ऐन, २०२१ को दफा ७ बमोजिमको हदबन्दी सम्बन्धी व्यवस्था लागू हुनेछ ।