Section 25
हर्जाना
: यस ऐनबमोजिम दर्ता भएको कुनै पेटेण्ट, डिजायन वा टेडमार्कको सम्बन्धमा कसैले यस ऐनको उल्लंघन गरेबाट पेटेण्ट, डिजायन वा टेडमार्कको दर्तावालाले वास्तविक रूपमा सहनु परेको नोक्सानीको उचित रकम सो उल्लंघन गर्ने व्यक्तिबाट दर्तावालालाई विभागले हर्जानाको रूपमा भराई दिन सक्नेछ ।