नियम
आरक्षभित्र निषिद्ध कार्यहरु
कुनै पनि व्यक्तिले संरक्षक भए संरक्षकको, संरक्षक नभए सहायक संरक्षकको र सो दुबै नभए नेपाल सरकारले तोकेको कुनै कर्मचारीको लिखित अनुमति नलिई आरक्षभित्र देहायका काम गर्न पाउने छैन:-
(क)   जुनसुकै प्रकारको घर, छाप्रो, आश्रय वा अरू बनौट बनाउन वा भोग गर्न,
(ख)   कुनै भू-भाग कब्जा गर्न, बनस्पति सफा गर्न, नोक्सानी पुर्‍याउन, आवादी गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न,
(ग)   घर पालुवा जीवजन्तु वा पंक्षी चराउन वा तिनीहरुलाई पानी खुवाउन,
(घ)   रुख, विरुवा, झाडी वा अन्य कुनै वन पैदावार काट्न, ढाल्न, हटाउन, छेक्न, छाँट्न वा वन पैदावार सुक्ने कुनै काम गर्न वा वन पैदावारमा आगो लगाउन वा अरु कुनै प्रकारले हानी नोक्सानी पुर्‍याउन,
(ङ)   कुनै स्थानमा रात विताउन वा क्याम्प गर्न वा आगो बाल्न,
(च)   ढुङ्गा, बालुवा वा खानी खन्न वा कुनै खनिज पदार्थ, माटो वा अन्य यस्तै पदार्थ हटाउन,
(छ)   आखेटोपहार वा कुनै वन्यजन्तुको सुकेको वा आलो मासु लैजान,
(ज)   आरक्षभित्र वग्ने नदी, खोला वा पानीको कुनै श्रोत थुन्न, फर्काउन वा त्यसमा कुनै हानीकारक वा विष्फोटक पदार्थहरू प्रयोग गर्न ।