दफा १४
उपचार खर्च
(१) महासचिव वा सचिवले आफू बिरामी भई उपचार गराउँदा देहाय बमोजिमको उपचार खर्च पाउनेछ ः-
(क) सरकारी वा सामुदायिक अस्पतालमा भर्ना हुँदा र उपचार गराउँदा लागेको अस्पतालको बिल बमोजिमको खर्च र अस्पतालको चिकित्सकको प्रेस्क्रिप्शन बमोजिम खरिद गरेको औषधि
खर्च ।
तर चिकित्सकको प्रेस्क्रिप्शनमा रोगको निदान (डाइग्नोसिस्) उल्लेख भएको हुनु पर्नेछ ।
(ख) प्लाष्टिक सर्जरी बाहेक सबै किसिमको चिरफार (सर्जिकल अपरेशन) गर्दा लागेको बिल बमोजिमको खर्च ।
(ग) चश्मा, दाँत, एयरफोन आदि उपकरणको लागि नेपाल सरकारले तोकिदिएको रकममध्ये लागेको बिल बमोजिमको खर्च ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि महासचिव र सचिवले आफ्नो कार्याकालभर पाउने उपचार खर्चको रकम निजले पाउने बाह्र महिनाको पारिश्रमिक बराबरको रकमभन्दा बढी हुने छैन ।
(३) नेपाल सरकारद्वारा नियुक्त चिकित्सकहरुको समितिले नेपालभित्र औषधि उपचार हुन नसक्ने भनी सिफारिस गरेमा विदेशमा गई उपचार गराउन चाहने महासचिव र सचिवलाई उपदफा (१) बमोजिम पाउने उपचार खर्चको अतिरिक्त नेपाल सरकारले उचित ठहर्याएको थप आर्थिक सहायता दिन सक्नेछ ।
(४) महासचिव र सचिवले सेवाबाट अलग हुँदा उपदफा (२) बमोजिम पाउने उपचार खर्चमध्ये केही लिई वा नलिई उपचार खर्च बाँकी रहेको भए त्यस्तो बाँकी भए जति रकमको दुई तिहाईको हिसाबले हुने एकमुष्ट रकम लिन पाउनेछ ।
तर निवृत्तभरण पाउने गरी सेवाबाट अवकाश पाएको महासचिव वा सचिवले त्यस्तो बाँकी भए जति पूरै रकम एकमुष्ट लिन पाउनेछ ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि महासचिव वा सचिवको पदमा पाँच वर्ष सेवा नगरी सेवाबाट अलग हुने महासचिव र सचिवलाई उपचार खर्च दिँदा यस ऐन बमोजिम पाउने सम्पूर्ण उपचार खर्चको रकमलाई पाँच वर्ष सेवा गरे बापत पाउने रकम मानी दामासाहीले हुन आउने रकम मात्र दिइनेछ ।
(६) यस दफा बमोजिम पाउने उपचार खर्च लिन नपाउँदै महासचिव वा सचिवको मृत्यु भएमा दफा १६ बमोजिम पारिवारिक निवृत्तभरण वा उपदान पाउने ठहरिएको व्यक्तिले सो उपचार खर्च लिन पाउनेछ ।