दफा २२
ड्रोन प्रयोग गर्न नहुने
मुलुकको सीमा क्षेत्र वा सार्वजनिक स्थान बाहेक कुनै सार्वजनिक निकाय, पुरातात्विक महत्वको क्षेत्र, सुरक्षा निकायको भवन, संरक्षित क्षेत्र वा खानी तथा खनिजजन्य पदार्थ रहेको क्षेत्र वा कुनै व्यक्तिको आवासमा अधिकार प्राप्त अधिकारी वा त्यस्तो व्यक्तिको अनुमतिविना कुनै किसिमको ड्रोन वा त्यस्तै प्रकृतिको यन्त्र प्रयोग गर्न वा कुनै गोप्य सूचना प्राप्त गर्ने उद्देश्यले कुनै कार्य गर्न हुँदैन।