दफा ३१
क्षतिपूर्ति
(१) यस ऐन अन्तर्गत कुनै कसूर मानिने वा अन्य कुनै काम गरेको कारणबाट कसैलाई कुनै प्रकारको हानि, नोक्सानी हुन गएमा वा क्षति पुग्न गएमा सरोकारवाला वा पीडित व्यक्तिले त्यस्तो हानि, नोक्सानी वा पीडा बापत क्षतिपूर्ति समेत भराई पाउन सम्बन्धित जिल्ला अदालतमा उजूर गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिमको उजूरी परेमा सम्बन्धित जिल्ला अदालतले क्षतिपूर्ति भराई दिनु पर्ने देखेमा कसूरदारबाट पीडितलाई मनासिब क्षतिपूर्ति भराइदिनु पर्नेछ।