दफा २९
दिशान्तर गर्दा अवलम्बन गरिने प्रक्रिया
(१) दिशान्तर गर्दा बालबालिकाको इच्छा समेतलाई विचार गरी देहाय बमोजिमको एक वा एकभन्दा बढी उपयुक्त प्रक्रिया अवलम्बन गरिनेछ ः-
(क) बालबालिकालाई पीडितसँग मेलमिलाप वा समझदारी कायम गराउने,
(ख) बालबालिकालाई गल्ती महसूस गर्न लगाउने,
(ग) बालबालिका र निजको परिवारलाई आवश्यक परामर्श दिने,
(घ) बालबालिकालाई कुनै सामुदायिक सेवामा पठाउने,
(ङ) बालबालिकाको हेरचाह र संरक्षण गर्न कुनै संस्थामा पठाउने,
(च) बाल कल्याण अधिकारीको सुपरिवेक्षण र निर्देशनमा रहने गरी बालबालिकालाई छाड्ने,
(छ) बालबालिकालाई बाबु, आमा, परिवारको अन्य सदस्य वा संरक्षकको जिम्मा लगाउने,
(ज) बालबालिकालाई कुनै तालीम वा शैक्षिक कार्यक्रममा सहभागी गराउने।
(२) उपदफा (१) को खण्ड (घ), (ङ), (च), (छ) र (ज) बमोजिमको कुनै प्रक्रिया अवलम्बन गरी दिशान्तर गर्दा अवधि समेत तोकिनेछ।
(३) उपदफा (१) को खण्ड (घ), (ङ) र (च) बमोजिमको प्रक्रिया अवलम्बन गरी दिशान्तर गर्दा कसूरजन्य कार्य गरे बापत बालबालिकालाई हुन सक्ने अधिकतम सजायभन्दा बढी अवधि हुने गरी दिशान्तर गरिने छैन।
(४) अनुसन्धान अधिकारी वा सरकारी वकीलले बालबालिकालाई दिशान्तर गर्नु अघि बाल मनोविज्ञ र बाल विशेषज्ञबाट बालबालिकाको शारीरिक तथा मानसिक अवस्था र समाजसेवीबाट बालबालिकाको आर्थिक, सांस्कृतिक अवस्था तथा परिवेशको अध्ययन र विश्लेषण गर्न लगाई प्रतिवेदन लिनु पर्नेछ।
(५) उपदफा (१) बमोजिम अनुसन्धान अधिकारी, सरकारी वकील वा बाल अदालतले बालबालिकालाई दिशान्तर गरेको जानकारी आफ्नो माथिल्लो निकाय र बाल अदालतलाई दिनु पर्नेछ।
(६) कसूरजन्य कार्यको आरोप लागेका बालबालिकालाई दिशान्तर गरिएमा त्यस्तो विवादको अन्त्य हुनेछ र सोको औपचारिक न्यायिक प्रक्रिया समाप्त भएको मानिनेछ।
(७) दिशान्तर गर्ने अनुसन्धान अधिकारी, सरकारी वकील वा बाल अदालतले दिशान्तर गरिएको बालबालिका दिशान्तर प्रक्रियामा निरन्तर रूपमा सहभागी भए नभएको कुराको अनुगमन प्रोवेशन अधिकारी मार्फत् गर्ने व्यवस्था मिलाउनु पर्नेछ।
(८) बालबालिकालाई दिशान्तर गर्दा पीडितलाई भएको हानि नोक्सानी बापत देहाय बमोजिम गर्न सकिनेछः–
(क) पीडितलाई क्षतिपूर्ति दिने वा वास्तविक हानि नोक्सानी भराई दिने,
(ख) कसूरजन्य कार्यबाट प्राप्त सम्पत्ति, मुनाफा वा सामग्री सम्बन्धित धनीलाई फिर्ता गर्न लगाउने।
(९) दिशान्तर सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।