दफा ४
निर्वाचक मण्डल
: (१) प्रत्येक प्रदेशमा देहायका मतदाता रहेको एक निर्वाचक मण्डल रहनेछ ः-
(क) सम्बन्धित प्रदेश सभाका सदस्य,
(ख) सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश सभाको कुनै सदस्य, कुनै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखको निर्वाचन हुन नसकेको वा अन्य कुनै कारणले पद रिक्त भएको कारणले मात्र निर्वाचक मण्डल गठन गर्न बाधा पुग्ने छैन ।
(३) उपदफा (१) को प्रयोजनको लागि आयोगले निर्वाचक मण्डलमा तत्काल कायम रहेको मतदाताको नाम समावेश गरी तोकिए बमोजिम मतदाता नामावली तयार गरी प्रकाशन गर्नेछ ।