दफा १५
निवृत्तभरण वा उपदान
(१) महासचिव वा सचिवको पदमा बीस वर्ष सेवा अवधि पूरा गरेमा वा सरकारी सेवामा बहाल रहेको वा बहाल गरिसकेको व्यक्ति महासचिव वा सचिवको पदमा नियुक्त भई सेवाबाट अवकाश पाएमा निजले त्यसरी अघि गरेको सेवा अवधि र महासचिव वा सचिवको पदमा काम गरेको सेवा अवधि जोड्दा बीस वर्ष वा सोभन्दा बढी सेवा अवधि पूरा हुने रहेछ भने निजले देहायको हिसाबले हुने मासिक निवृत्तभरण
पाउनेछ ः-
जम्मा सेवा वर्ष X मासिक पारिश्रमिक
५०
स्पष्टीकरण: यस उपदफाको प्रयोजनको लागि “सरकारी सेवामा काम गरेको अवधि” भन्नाले नेपाल सरकारबाट निवृत्तभरण पाउन सक्ने कुनै पदमा नियुक्त भई काम गरेको अवधिलाई जनाउनेछ ।
(२) महासचिव वा सचिवको सेवा अवधि बीस वर्ष नपुग्ने भएमा महासचिव वा सचिवले पदबाट अलग हुँदा देहायको दरले उपदान पाउनेछः-
(क) पाँच वर्षदेखि दश वर्षसम्म सेवा गरेको भएमा आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलब,
(ख) दश वर्ष भन्दा बढी पन्ध्र वर्षसम्म सेवा गरेको भएमा आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब,
(ग) पन्ध्र वर्षभन्दा बढी बीस वर्ष भन्दा कम सेवा गरेको भएमा आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब ।
(३) नेपाल सरकारको सेवा गरे बापत उपदान पाइसकेको कुनै व्यक्ति महासचिव वा सचिवको पदमा नियुक्ति भएमा निजले त्यसरी नियुक्त भएको एक वर्षभित्र आफूले अघि पाएको उपदानको पूरा रकम फिर्ता गरेमा मात्र निजले अघि गरेको सेवा अवधि निवृत्तभरणको प्रयोजनको लागि गणना गरिनेछ ।
(४) महासचिव वा सचिवको पारिश्रमिक वृद्धि हुँदा खाइपाई आएको पारिश्रमिकमा जति रकम वृद्धि भएको छ, त्यसको दुई तिहाई रकम निवृत्तभरण पाइरहेको महासचिव र सचिवको निवृत्तभरणको रकममा पनि थप गरिनेछ ।
(५) नेपाल सरकारको सेवा गरे बापत निवृत्तभरण पाइरहेको व्यक्ति महासचिव वा सचिवको पदमा नियुक्त भई यस ऐन बमोजिम पनि निवृत्तभरण पाउन सक्ने भएमा निजले अघि पाइरहेको निवृत्तभरण र यस ऐन बमोजिम पाउने निवृत्तभरणमध्ये कुनै एक रोज्न दिइनेछ ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनको दफा ६ को खण्ड (घ) र (ङ) को आधारमा पदबाट मुक्त भएको महासचिव वा सचिवले यस ऐन बमोजिमको निवृत्तभरण वा उपदानको सुविधा पाउने छैन ।