दफा ४०
नेपाल सरकार र प्रदेश सरकारको प्रतिलिपि अधिकार
(१) नेपाल सरकारद्वारा तयार गरिएको रचनाको प्रतिलिपि अधिकार नेपाल सरकार र प्रदेश सरकारद्वारा तयार गरिएको रचनाको प्रतिलिपि अधिकार प्रदेश सरकारलाई हुनेछ।
(२) नेपाल सरकार वा प्रदेश सरकारले उपदफा (१) बमोजिम प्राप्त अधिकार कुनै व्यक्ति वा संस्थालाई बहालमा दिन वा बिक्री गर्न वा अन्य कुनै प्रकारले प्रयोग गर्न अनुमति दिन सक्नेछ।