दफा
परिभाषा
: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क)    “अस्पताल” भन्‍नाले दफा १५ बमोजिमको अस्पताल सम्झनु पर्छ।
(ख)    “अस्पताल व्यवस्थापन समिति” भन्‍नाले दफा १६ बमोजिम गठन भएको अस्पताल व्यवस्थापन समिति सम्झनु पर्छ ।
(ग)    “उपकुलपति” भन्‍नाले दफा १९ बमोजिमको उपकुलपति सम्झनु पर्छ।
(घ)    “कार्यकारी परिषद्” भन्‍नाले दफा ११ बमोजिम गठन भएको कार्यकारी परिषद् सम्झनु पर्छ।
(ङ)    “कुलपति” भन्‍नाले दफा १७ बमोजिमको कुलपति सम्झनु
पर्छ।
(च)    “डीन” भन्‍नाले दफा २२ बमोजिमको डीन सम्झनु पर्छ।
(छ)    “तोकिएको” वा “तोकिए बमोजिम” भन्‍नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
(ज)    “निर्देशक” भन्‍नाले दफा २३ बमोजिमको निर्देशक सम्झनु
पर्छ ।
(झ)    “प्रतिष्ठान” भन्‍नाले दफा ३ बमोजिम स्थापना भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्झनु पर्छ।
(ञ)   “प्राज्ञिक परिषद्” भन्‍नाले दफा ९ बमोजिम गठन भएको प्राज्ञिक परिषद् सम्झनु पर्छ।
(ट)   “मन्त्रालय” भन्‍नाले नेपाल सरकारको स्वास्थ्य सम्बन्धी विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ।
(ठ)   “रजिष्ट्रार” भन्‍नाले दफा २१ बमोजिमको रजिष्ट्रार सम्झनु पर्छ।
(ड)   “शिक्षक” भन्‍नाले प्रतिष्ठानमा अध्यापन तथा अनुसन्धान गर्न नियुक्त भएको व्यक्ति सम्झनु पर्छ ।
(ढ)   “शिक्षाध्यक्ष” भन्‍नाले दफा २० बमोजिमको शिक्षाध्यक्ष सम्झनु पर्छ।
(ण)   “शैक्षिक संस्था” भन्‍नाले दफा १४ बमोजिम स्थापना भएको शैक्षिक संस्था सम्झनु पर्छ ।
(त)   “सभा” भन्‍नाले दफा ७ बमोजिम गठन भएको सभा सम्झनु पर्छ।
(थ)    “सहकुलपति” भन्‍नाले दफा १८ बमोजिमको सहकुलपति सम्झनु पर्छ।