दफा ५२
प्रतिवेदन पेश गर्नु पर्ने
(१) अनुमतिपत्रवालाले आफ्नो उद्योगबाट वर्षभरि निर्यात भएको वस्तु वा सेवाको परिमाण र उद्योगको आय व्ययको विवरण सहितको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र प्राधिकरण समक्ष पेश गर्नु पर्नेछ ।
(२) प्राधिकरणले आफ्नो काम कारबाहीको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको प्रतिवेदनमा अन्य कुराको अतिरिक्त विशेष आर्थिक क्षेत्रको स्थापनाबाट भएको उपलब्धि, त्यसबाट मुलुकको आर्थिक स्थितिमा परेको प्रभाव, प्राधिकरणले वर्षभरि सम्पादन गरेको काम कारबाही लगायतका कुराहरु समावेश गर्नु पर्नेछ ।
(४) उपदफा (२) बमोजिमको वार्षिक प्रतिवेदन मन्त्रालयले सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ ।