दफा
बाबु आमासँग बस्ने र भेटघाट गर्ने अधिकार
(१) कुनै पनि बालबालिकालाई निजको इच्छा विपरीत बाबु वा आमाबाट भिन्न वा अलग गर्नु हुँदैन।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बालबालिकाको सर्वोत्तम हितको लागि आवश्यक भएमा बाल अदालतले कुनै बालबालिकालाई बाबु वा आमाबाट अलग गरी कुनै संरक्षकको जिम्मामा रहने आदेश दिन सक्नेछ।
तर त्यसरी आदेश दिनु अघि सम्बन्धित पक्षलाई आफ्नो सफाई पेश गर्ने मनासिब मौकाबाट वञ्चित गर्नु हुँदैन।
(३) बालबालिकाको अहित हुने भनी बाल अदालतले रोक लगाएको अवस्थामा बाहेक बाबु वा आमा वा दुवैसँग भिन्न वा अलग बसेको बालबालिकालाई बाबु आमासँग व्यक्तिगत सम्बन्ध कायम राख्न वा नियमित रूपमा प्रत्यक्ष सम्पर्क वा भेटघाट गर्ने अधिकार हुनेछ।
(४) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले धर्मपुत्र वा धर्मपुत्री हुने बालबालिकालाई आफ्नो जन्मदिने बाबु आमासँग भेटघाट, सम्पर्क तथा पत्राचार गर्न दिनु पर्नेछ।
(५) वैकल्पिक हेरचाह गर्ने व्यक्ति वा संस्थाले आफ्नो हेरचाह वा संरक्षणमा रहेका बालबालिकालाई निजको जन्म दिने बाबुआमा वा परिवारसँग भेटघाट गर्न दिनु पर्नेछ।