दफा ५२
बाल गृहको स्थापना तथा सञ्चालन
(१) विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको संरक्षण गर्ने प्रयोजनको लागि नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले आवश्यकतानुसार बाल गृहको स्थापना गर्नेछन्।
(२) बाल गृहको स्थापना, सञ्चालकको योग्यता, सञ्चालन अनुमति, नविकरण, वर्गीकरण, व्यवस्थापन, सञ्चालन मापदण्ड र अनुगमन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।