दफा ५७
बाल संरक्षण सम्बन्धी मापदण्ड
(१) विद्यालय, बालबालिकासँग प्रत्यक्ष काम गर्ने प्रत्येक सार्वजनिक निकाय तथा निजी क्षेत्र एवं सामाजिक संस्थाहरूले बालबालिका विरूद्धको हिंसा वा बाल यौन दुर्व्यवहारको रोकथाम गर्न, बालबालिकाको संरक्षण सुनिश्चित गर्न र उजूरीको तत्काल कारबाही गर्नको लागि संस्थागत तहमा बालसंरक्षण मापदण्ड निर्माण गरी लागू गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम निर्माण गरिएको बाल संरक्षण मापदण्ड कार्यान्वयन गर्नु विद्यालय, प्रत्येक सार्वजनिक निकाय तथा निजी क्षेत्र एवं सामाजिक संस्थाका प्रमुखको दायित्व हुनेछ।