दफा ४३
बाल सुधार गृह सम्बन्धी व्यवस्था
(१) नेपाल सरकारले कानूनको विवादमा परेका बालबालिकाको सुधार र पुनर्स्थापना नभएसम्म बालबालिका राख्ने प्रयोजनको लागि आवश्यकता अनुसार बाल सुधार गृहको स्थापना गर्नेछ।
(२) उपदफा (१) को प्रयोजनको लागि कुनै संस्थाले नेपाल सरकारबाट स्वीकृति लिई बाल सुधार गृहको स्थापना गर्न सक्नेछ।
(३) बाल अदालतले आफ्नो प्रादेशिक क्षेत्राधिकारभित्र स्थापना भएका बाल सुधार गृहको अनुगमन तथा निरीक्षण गर्न, त्यस्तो बाल सुधार गृहलाई आवश्यक निर्देशन दिन र बाल सुधार गृहमा रहेका बालबालिकाको सुधारको स्थितिका सम्बन्धमा त्यस्तो बाल सुधार गृहलाई प्रतिवेदन पेश गर्न लगाउन सक्नेछ।
(४) बाल सुधार गृहमा रहेका बालबालिकाको सो गृहमा रहनु पर्ने अवधि बाँकी हुँदाको अवस्थामा निजको उमेर अठार वर्ष पुगेमा निजको बानी ब्यहोरामा आएको सुधार, आर्जन गरिरहेको सीप तथा शिक्षाको निरन्तरता लगायतलाई ध्यानमा राखी बाँकी अवधिसम्मका लागि बाल सुधार गृहमा अन्य बालबालिकासँग अलग हुने गरी राख्नु पर्नेछ।
(५) बाल सुधार गृहको स्थापना, सञ्चालन, अनुगमन तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।