दफा ६१
बालकल्याण अधिकारी
(१) बालबालिकाको अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धन गर्न तथा बाल संरक्षण कार्य समेत गर्नका लागि स्थानीय तहमा एक जना बाल कल्याण अधिकारी रहनेछ।
(२) उपदफा (१) बमोजिम बालकल्याण अधिकारीको नियुक्ति, काम कर्तव्य र अधिकार तथा सेवाको शर्त लगायत अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।