दफा
महासचिव तथा सचिव पदमा नियुक्त हुन नसक्ने
देहायको व्यक्ति महासचिव तथा सचिवको पदमा नियुक्त हुन सक्ने छैन ः-
(क)   भ्रष्टाचार, जर्वजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण वा ओसारपसार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा अदालतबाट सजाय पाएको,
(ख)   संविधानको धारा २९१ बमोजिम अयोग्य भएको,
(ग)   प्रचलित कानून बमोजिम कालो सूचीमा रहेको,
(घ)   दामासाहीमा परेको, वा
(ङ)   मानसिक सन्तुलन ठीक नभएको ।