दफा ६
महासचिव वा सचिवको पद रिक्त हुने अवस्था
देहायका अवस्थामा महासचिव वा सचिवको पद रिक्त भएको मानिनेछ ः-
(क) राष्ट्रपति समक्ष राजीनामा दिएमा,
(ख) दफा ४ बमोजिमको अयोग्यता सृजना भएमा,
(ग) दफा ५ बमोजिम निजको पदावधि पूरा भएमा वा निज आफ्नो पदमा नरहेमा,
(घ) विदेशी राष्ट्रको स्थायी आवासीय अनुमतिपत्र लिएमा,
(ङ) कार्य क्षमताको अभाव, खराब आचरण वा आफ्नो पदीय कर्तव्यको पालना इमान्दारीपूर्वक नगरेको भनी महासचिवको हकमा सभामुख र अध्यक्षको सिफारिसमा र सचिवको हकमा सम्बन्धित सभाको सभामुख वा अध्यक्षको सिफारिसमा राष्ट्रपतिबाट महासचिव वा सचिवलाई निजको पदबाट हटाएमा, वा
तर यसरी महासचिव वा सचिवलाई पदबाट हटाउनु अघि सफाई पेश गर्ने मनासिव मौका दिनु पर्नेछ ।
(च) निजको मृत्यु भएमा ।