दफा २१
विपद् व्यवस्थापनमा सहयोग गर्नु पर्ने
: सरकारी कार्यालय, गैरसरकारी संस्था, स्थानीय सङ्घ संस्था, समुदाय, स्वयंसेवक, नागरिक समाज, निजी क्षेत्र तथा व्यक्तिले विपद् व्यवस्थापन कार्यमा देहाय बमोजिम सहयोग गर्नु पर्नेछ :-
(क)   तथ्याङ्क सङ्कलन, क्षतिको मूल्याङ्कन, राहत, पुनर्स्थापना तथा पुनर्निर्माण लगायतका विपद् व्यवस्थापन सम्बन्धी कार्यमा सहयोग गर्ने,
(ख)   विपद् व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने,
(ग)    क्षमता विकास, आपत्‌कालीन नमूना अभ्यास तथा विपद् व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रममा सहयोग गर्ने तथा भाग लिने,
(घ)    खोज, उद्धार तथा राहत वितरण सम्बन्धी कार्यमा सहयोग गर्ने।