दफा ३
सदस्यको निर्वाचन
: (१) संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) बमोजिम निर्वाचित हुने सदस्यको निर्वाचनको लागि प्रत्येक प्रदेशमा गठन हुने निर्वाचक मण्डलले गोप्य मतदानद्वारा प्रत्येक प्रदेशबाट देहाय बमोजिम आठ जना सदस्य निर्वाचित गर्नेछ ः-
(क) महिला समूहबाट प्रतिनिधित्व गर्ने सदस्यको लागि दिइने एक एक मतको आधारमा सबै भन्दा बढी मत ल्याउने तीन जना,
(ख) दलित समूहबाट प्रतिनिधित्व गर्ने सदस्यको लागि दिइने एक मतको आधारमा सबै भन्दा बढी मत ल्याउने एक जना,
(ग) अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट प्रतिनिधित्व गर्ने सदस्यको लागि दिइने एक मतको आधारमा सबै भन्दा बढी मत ल्याउने एक जना,
(घ) खण्ड (क), (ख) र (ग) बाहेकका अन्य सदस्यको लागि दिइने एक एक मतको आधारमा सबै भन्दा बढी मत ल्याउने तीन जना।
(२) उपदफा (१) को उपखण्ड (क) र (घ) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो खण्ड बमोजिम निर्वाचित कुनै सदस्यको पद जुनसुकै कारणले रिक्त भई उपनिर्वाचन हुँदा वा संविधानको धारा ८६ को उपधारा (३) बमोजिम कायम भएको पदावधि समाप्त भई कुनै समूहको एक जना सदस्यको लागि मात्र निर्वाचन गर्नु पर्ने अवस्थामा जुन समूह र तरीकाबाट निर्वाचित भएको हो सोही र समूह र तरीकाबाट मतदाताले दिने एक मतको आधारमा सवै भन्दा बढी मत ल्याउने एक जना निर्वाचित हुनेछ।