दफा २०
सार्वजनिक स्थलमा सिसिटिभि क्यामेरा जडान गर्ने सम्बन्धमा
(१) कुनै पनि सार्वजनिक स्थलमा सिसिटिभि क्यामेरा जडान गर्न आवश्यक भएमा शौचालय, स्नान गृह वा कपडा फेर्ने कक्ष (चेञ्जिङ रुम) बाहेकका ठाउँमा त्यस्तो क्यामेरा जडान गर्न वा गराउन सकिनेछ।
(२) उपदफा (१) बमोजिम सिसिटिभि क्यामेरा जडान गरेको ठाउँमा सबैले देख्ने र जानकारी पाउने गरी त्यस्तो क्यामेरा जडान गरिएको सूचना दिने व्यवस्था गर्नु पर्नेछ।
(३) कुनै स्थानमा सिसिटिभि क्यामेरा जडान गर्ने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।