दफा ६८
सूचना दिनु पर्ने
(१) बाबु, आमा, संरक्षक तथा बालबालिकालाई प्रत्यक्ष सेवा दिने हेरचाहकर्ता, शिक्षक, स्वास्थ्यकर्मी लगायत अन्य कसैले कुनै बालबालिका उपर हिंसा वा बाल यौन दुर्व्यवहार भएको, भइरहेको वा हुन लागेको छ भन्ने थाहा पाएमा तुरून्त नजिकको प्रहरी कार्यालयमा सूचना दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको सूचना तत्काल सम्बन्धित प्रहरी कार्यालयले बालकल्याण अधिकारीलाई दिई आवश्यक सहयोग लिन सक्नेछ।
(३) बालबालिकाको संरक्षण गर्ने मनसायले सूचना दिँदा सूचना दिने व्यक्तिलाई सूचना दिएको आधारमा मात्र कुनै कानूनी कारबाही गरिने छैन।
(४) उपदफा (१) बमोजिम सूचना दिने व्यक्तिको पहिचान निजले चाहेमा गोप्य राख्नु पर्नेछ।