नियम
अतिरिक्त समय काम लगाउन सक्ने

(१) महानिर्देशकले आवश्यकतानुसार विभागका कर्मचारीहरूलाई अतिरिक्त समय काम लगाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै राजपत्र अनंकित कर्मचारीलाई अतिरिक्त समयमा काम लगाउँदा निजले कम्तीमा दुईघण्टा अतिरिक्त समय काम गरेमा मात्र वार्षिक विनियोजनको अधिनमा रही अतिरिक्त समय भत्ता दिइनेछ । सो भत्ता दिंदा कर्मचारीले एकदिनमा पाउने तलबको घण्टाको हिसाबले काम गरेको बढी घण्टाको अतिरिक्त समय भत्ता पाउनेछ ।
तर अतिरिक्त समय काम गरे बापत निजले सट्टा विदा लिन चाहेमा त्यस्तो विदा लिन सक्नेछ ।
(३) उपनियम (१) बमोजिम कुनै राजपत्रांकित कर्मचारीलाई अतिरिक्त समयमा काममा लगाउँदा निजले कम्तीमा दुई घण्टा अतिरिक्त समय काम गरेमा प्रचलित कानून बमोजिम खाजा खर्च दिइनेछ । सो भन्दा बढी समय काम गरेमा खाना खर्च दिंदा सोको दर अर्थ मन्त्रालयबाट स्वीकृत गराएर मात्र दिन सकिनेछ