दफा
अदालतद्वारा मध्यस्थको नियुक्ति
  (१) देहायको अवस्थामा कुनै पक्षले मध्यस्थको
नियुक्तिको लागि उच्च अदालतमा निवेदन दिन सक्नेछः –
(क) सम्झौतामा उल्लेख भएको प्रकृया अपनाउँदा मध्यस्थ नियुक्त हुन नसकेमा ।
(ख) सम्झौतामा मध्यस्थ नियुक्ति गर्ने सम्बन्धमा कुनै कुरा उल्लेख नभएमा ।
(२) उपदफा (१) बमोजिम दिइने निवेदनमा मध्यस्थ हुन सक्ने कम्तीमा तीनजना व्यक्तिको नाम, थर, वतन, पेशा र निजको विशेषज्ञताको क्षेत्र समेत खुलाउनु पर्नेछ र त्यस्तो निवेदन साथ सम्झौताको प्रतिलिपि समेत पेश गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएपछि उच्च अदालतले सबै पक्षलाई सूचना दिई मध्यस्थ हुने व्यक्तिका सम्बन्धमा सम्बन्धित सबै पक्षको मतैक्य भएमा तिनीहरुले प्रस्ताव गरेको व्यक्तिलाई र मतैक्य हुन नसकेमा उच्च अदालतले उपयुक्त ठह¥याएको व्यक्तिलाई त्यस्तो निवेदन प्राप्त भएको साठी दिनभित्र मध्यस्थ नियुक्त गर्नेछ । त्यसरी उच्च अदालतले गरेको निर्णय अन्तिम हुनेछ ।