दफा १६
अदालतलाई भए सरहको अधिकार हुने
(१) यस ऐनबमोजिम दाखिल हुन आएको सम्पत्ति विवरणको जाँचबुझको प्रयोजनको लागि त्यस्तो विवरण दाखिला गर्ने व्यक्तिलाई झिकाउने, बयान लिने, प्रमाण बुझ्ने र कागजपत्रहरू दाखिला गराउने सम्बन्धमा कर अधिकृतलाई प्रचलित कानूनबमोजिम अदालतलाई भए सरहको सबै अधिकार हुनेछ ।
(२) उपदफा (१) बमोजिम आदेश दिंदा कुनै करदाता वा निजको वारेसले कर अधिकृतले मागेको विवरण वा जानकारी नदिएको कारणबाट हुन सक्ने दायित्व समेत उल्लेख गरी करदातालाई सूचना दिई यस ऐनबमोजिम अरू कारवाई गर्न सकिनेछ ।