धारा १२७
अदालतहरू
(१) नेपालमा देहाय बमोजिमका अदालतहरू रहनेछन्ः–
(क) सर्वोच्च अदालत,
(ख) उच्च अदालत, र
(ग) जिल्ला अदालत ।
(२) उपधारा (१) मा लेखिएदेखि बाहेक कानून बमोजिम मुद्दा हेर्न स्थानीय स्तरमा न्यायिक निकाय वा विवाद समाधानका वैकल्पिक उपाय
अवलम्बन गर्न आवश्यकता अनुसार अन्य निकाय गठन गर्न सकिनेछ ।