दफा ३६
अधिकार प्रत्यायोजन

(१) सभाले यस ऐन बमोजिम आपूलाई प्राप्त अधिकारहरूमध्ये आवश्यकता अनुसार केही अधिकार प्राज्ञिक परिषद्, कार्यकारी परिषद् वा उपकुलपतिलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) प्राज्ञिक परिषद्, कार्यकारी परिषद् वा पदपूर्ति समितिले यस ऐन बमोजिम आपूलाई प्राप्त अधिकारहरूमध्ये आवश्यकता अनुसार केही अधिकार प्रतिष्ठानका कुनै
पदाधिकारी वा मातहतका कुनै निकायलाई प्रत्यायोजन गर्न सक्नेछ ।