दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “अस्पताल” भन्नाले दफा १६ बमोजिम स्थापना भएको अस्पताल सम्झनु पर्छ ।
(ख) “अस्पताल व्यवस्थापन समिति” भन्नाले दफा १७ बमोजिम गठन भएको अस्पताल व्यवस्थापन समिति सम्झनु पर्छ ।
(ग) “उपकुलपति” भन्नाले दफा २० बमोजिमको उपकुलपति सम्झनु पर्छ ।
(घ) “कार्यकारी परिषद्” भन्नाले दफा ११ बमोजिम गठन भएको कार्यकारी परिषद् सम्झनु पर्छ ।
(ङ) “कुलपति” भन्नाले दफा १८ बमोजिमको कुलपति सम्झनु पर्छ ।
(च) “डीन” भन्नाले दफा २१ बमोजिमको डीन सम्झनु पर्छ ।
(छ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(ज) “निर्देशक” भन्नाले दफा २२ बमोजिमको निर्देशक सम्झनु पर्छ ।
(झ) “पिछडिएको क्षेत्र” भन्नाले प्रचलित कानून बमोजिम तोकिएको क्षेत्र सम्झनु पर्छ ।
(ञ) “प्रतिष्ठान” भन्नाले दफा ३ बमोजिम स्थापना भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्झनु पर्छ ।
(ट) “प्राज्ञिक परिषद्” भन्नाले दफा ९ बमोजिम गठन भएको प्राज्ञिक परिषद् सम्झनु पर्छ ।
(ठ) “मन्त्रालय” भन्नाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्झनु पर्छ ।
(ड) “शिक्षक” भन्नाले प्रतिष्ठानमा अध्यापन तथा अनुसन्धान गर्न नियुक्त भएको व्यक्ति सम्झनु पर्छ ।
(ढ) “शैक्षिक संस्था” भन्नाले दफा १५ बमोजिम स्थापना भएको शैक्षिक संस्था सम्झनु पर्छ ।
(ण) “सभा” भन्नाले दफा ७ बमोजिम गठन भएको सभा सम्झनु पर्छ ।
(त) “सहकुलपति” भन्नाले दफा १९ बमोजिमको सहकुलपति सम्झनु पर्छ ।
(थ) “पदपूर्ति समिति” भन्नाले दफा १३ बमोजिम गठन भएको पदपूर्ति समिति सम्झनु पर्छ ।