दफा ४९
अधिकार प्रत्यायोजन
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम महानिर्देशकलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही वा सबै अधिकार नेपाल सरकारको कुनै अधिकृत वा कार्यालय प्रमुख भई काम गर्ने कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।