दफा ४०
मझहानिर्देशक
(१) नेपाल प्रशासन सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृतले
विभागको महानिर्देशकको रुपमा काम गर्नेछ।
(२) परिचयपत्र तथा पञ्जीकरण प्रणालीको सञ्चालन, व्यवस्थापन, सुरक्षण, समन्वय र सुपरिवेक्षण गर्ने मुख्य जिम्मेवारी महानिर्देशकको हुनेछ।
(३) यस ऐनमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारको अतिरिक्त महानिर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणका लागि निवेदनहरू सङ्कलन गर्ने गराउने,
(ख) राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणका लागि दिइएका निवेदन उपर छानबिन गरी पञ्जीकरण गर्ने तथा परिचय नम्बर र परिचयपत्र जारी गर्ने,
(ग) तथ्याङ्क भण्डार एवं परिचयपत्र तथा पञ्जीकरणसँग सम्बन्धित अभिलेखहरू सुरक्षित र व्यवस्थित रूपमा राखको लागि आवश्यक प्रबन्ध मिलाउने,
(घ) तथ्याङ्क भण्डार तथा सोसँग सम्बन्धित अभिलेखहरूको गोपनीयता कायम राख्ने,
(ङ) राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण प्रणालीसँग अन्य निकायहरूको तथ्याङ्क भण्डार तथा सूचना प्रविधि प्रणालीबीच सूचना आदान प्रदानको प्रबन्ध मिलाउने,
(च) बिभागको प्रशासकीय प्रमुखको रूपमा विभागबाट सम्पादन हुने काम कारबाहीको समन्वय, अनुगमन, सुपरिवेक्षण र मूल्याङ्कन गर्ने,
(छ) राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण प्रणाली व्यवस्थापनको क्रममा सुरक्षा निकायको समन्वयमा आवश्यक सुरक्षा व्यवस्था समेत मिलाई कार्य सम्पादन गर्ने गराउने,
(ज) नेपाल सरकारको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण र सामाजिक सुरक्षा सम्बन्धी नीतिको कार्यान्वयन गर्ने गराउने, (झ) नेपाल सरकारको स्वीकृति लिई परिचयपत्र तथा पञ्जीकरण प्रविधिसँग सम्बन्धित राष्ट्रिय, अन्तर्राष्ट्रिय निकाय, सङ्घ संस्थासँग सम्पर्क तथा समन्वय गर्ने, त्यस्ता निकाय वा सङ्घ संस्थासँग प्रविधिको विकास तथा क्षमता विकासको लागि आवश्यक सहयोग आदान प्रदान गर्ने,
(न) राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण र सामाजिक सुरक्षा सम्बन्धी ऐन, नियम, निर्देशिका, निर्देशन, कार्यविधि र मापदण्डको कार्यान्वयन गर्ने गराउने,
(ट) नेपाल सरकार, समन्वय समिति र तथ्याङ्क सुरक्षा समितिले समय समयमा तोकेका अन्य कार्यहरू गर्ने गराउने ।