दफा ५७
अधिकारक्षेत्र नभएको अदालतमा दायर भएको फिरादको हदम्याद
कसैले कुनै अदालतमा फिरादपत्र दायर गरेकोमा कुनै कारणबाट त्यस्तो फिरादपत्रको कारबाही, सुनुवाई र किनारा गर्नेअधिकारक्षेत्र त्यस्तो अदालतलाई नभएको देखिएमा अदालतले तत्सम्बन्धमा कारबाही टुङ्ग्याएको मितिबाट जति अवधिहदम्यादबाँकी छँदै फिराद गरेको थियो त्यति अवधिसम्म सम्बन्धित व्यक्तिको फिराद गर्ने हदम्याद कायम रहेको मानिनेछ ।तर,
(१) हदम्यादको अवधि सात दिनभन्दा कम रहेकोमा सात दिनसम्म फिराद गर्ने हदम्याद कायम रहनेछ ।
(२) फिराद गर्दाकै अवस्थामा अधिकारक्षेत्र नभएको भनी सो अदालतले दरपीठ गरेकोमा अधिकारक्षेत्र नभएको अदालत समक्षकारबाही चलेको कारणले मात्र यस दफा बमोजिम फिरादपत्र दिन हदम्याद थप हुन सक्ने छैन ।
(३) फिरादपत्र दर्ता भएको अदालतलाई त्यसको कारबाही, सुनुवाई र किनारा गर्ने अधिकारक्षेत्र नभएको भन्ने कुरा थाहाभएपछि त्यस्तो अदालतबाट फिरादको टुङ्गो नलगाएको कारणले मात्र कानून बमोजिमको हदम्यादभित्र अधिकार प्राप्तअदालतमा फिराद गर्न सम्बन्धित व्यक्तिलाई बाधा पुगेको मानिने छैन ।
(४) कानून बमोजिम हदम्याद गुज्रिसकेपछि पनि हदम्याद ढाँटी फिरादपत्र दर्ता गराएकोमा फिरादपत्र दर्ता गराएकोकारणलेमात्र अधिकारक्षेत्र कायम हुन सक्ने छैन ।