नियम ११
अधिकारक्षेत्रको प्रयोग

(१) बाल अदालत वा बाल इजलासमा सुनुवाई गर्दा न्यायाधीश, समाजसेवी, बाल विशेषज्ञ वा बाल मनोवैज्ञानिकले सामूहिक रुपमा गर्नेछन् ।
तर, बाल इजलासमा समाजसेवी, बाल विशेषज्ञ वा बाल मनोवैज्ञानिक सबै वा कोही उपस्थित नभएमा पनि न्यायाधीशले सम्पादन गरेको काम कारबाही अमान्य हुने छैन ।
(२) समाजसेवी, बाल विशेषज्ञ वा बाल मनोवैज्ञानिकले आफ्नो लिखित राय न्यायाधीश समक्ष पेश गर्नेछन् ।
(३) उपनियम (२) बमोजिम राय प्राप्त भएपछि न्यायाधीशले मुद्दाको फैसला गर्नेछ ।