दफा ६१
अधिकारी तोकिएपछि हदम्याद प्रारम्भ हुने

कुनै कानूनमा मुद्दा हेर्ने अधिकारी, अदालत वा निकाय तोक्ने अधिकार नेपाल सरकार, अन्य कुनै निकाय वा पदाधिकारीलाईभएकोमा हदम्यादभित्र त्यस्तो अधिकारी, अदालत वा निकाय तोकिएकोमा सोही बमोजिम र नतोकिएकोमा त्यसरी अधिकारी, अदालतवानिकाय तोकिएको मितिबाट सम्बन्धित कानून अन्तर्गत पैँतीस दिनभित्र फिरादपत्र दायर गर्ने हदम्याद प्रारम्भ हुनेछ ।

तर दफा २५ बमोजिम जिल्ला अदालतमा मुद्दा दायर भएकोमा सोही बमोजिम हुनेछ ।