नियम २८
अधिकारु
: ऐन तथा यस नियमाबलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त केन्द्रीय पञ्जिकाधिकारी (रजिष्ट्रार) को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) व्यक्तिगत घटना दर्ता गर्ने सम्बन्धमा सहजता र एकरुपता कायम गर्न स्थानीय पञ्चिकाधिकारीलाई आवश्यक निर्देशन दिने,

(ख) पञ्चीकरण सम्बन्धमा परेका उजुरी र गुनासो फछ्योट गर्ने,

(ग) पञ्जीकरण व्यवस्थापन सम्बन्धी यस नियमावलीमा उल्लेख भएको फाराम बाहेकका अन्य फारामको ढाँचा तोक्ने,

(घ) नेपाल सरकारको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा विदेश स्थित कुटनीतिक नियोगमा कार्य गर्ने कर्मचारीलाई स्थानीय पञ्जिकाधिकारी (रजिष्ट्रार) को रुपमा कार्य गर्न तोक्ने, (ङ) स्थानीय तहका वडा कार्यालय -बाहेक अन्य कार्यालयबाट व्यक्तिगत घटना दर्ता गर्न आवश्यक देखिएमा सोको आधार र कारण सहित स्थानीय पञ्जीकरण कार्यालयको रुपमा -तोक्ने निर्णयका लागि मन्त्रालय समक्ष पेश गर्ने,

(च) पञ्चीकरण व्यवस्थापन सूचना प्रणालीलाई राष्ट्रिय .परिचय व्यवस्थापन सूचना प्रणालीसँग आबद्ध गरी जन्म दर्ता गदकि बखत व्यक्तिले परिचय नम्बर प्राम्न गर्ने गरी त्यसको प्रयोग गर्ने व्यवस्था मिलाउने,

(छ) व्यक्तिगत घटना दर्ता सम्बन्धी कार्यको लागि प्रदेश सरकार बा स्थानीय तहसँग आवश्यक समन्वय गर्ने।