दफा ८
अध्यक्षको काम, कर्तव्य र अधिकार
: (१) अध्यक्ष आयोगको प्रमुख पदाधिकारी हुनेछ । निजको सामान्य निर्देशन र सुपरिवेक्षणमा आयोगको सम्पूर्ण काम कारबाही सञ्चालन हुनेछ ।
(२) यस ऐनमा अन्यत्र उल्लेख भएका काम, कर्तव्य र अधिकारका अतिरिक्त अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) आयोगको काम कारबाहीमा समन्वय गर्ने,
(ख) आयोगले सम्पादन गर्नु पर्ने काममा नेतृत्वदायी भूमिका निर्वाह गर्ने,
(ग) आयोगको आर्थिक प्रशासन, मानवस्रोत व्यवस्थापन र कार्यालय व्यवस्थापनको सामान्य रेखदेख र सुपरिवेक्षण गर्ने,
(घ) तोकिए बमोजिमका अन्य काम गर्ने वा गराउने ।