अनुसूची

(दफा १७ सँग सम्बन्धित)
शपथ
म ………. (शपथ लिने व्यक्तिको नाम) ………. मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु । ईश्वरदेश र जनताको नाममा शपथ लिन्छु कि नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रही …….
……. …… …… पदको कामकाज प्रचलित कानूनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी, कसैप्रति पूर्वाग्रह वा खराब भावना नलिई इमानदारीसाथ गर्नेछु र आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई जानकारी भएको कुरा म पदमा वहाल रहँदा वा नरहँदाको जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन ।

             मितिः

      नामः
दस्तखतः