दफा १४
अध्यक्षको काम, कर्तव्य र अधिकार
(१) अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) विश्वविधालयका सबै काम कारबाहीउपर सामान्य नियन्त्रण र रेखदेख
गर्ने,
(ख) विश्वविद्यालयको काम कारबाहीमा आफ्नो अधिकार क्षेत्रभित्र रहेको
विषयमा निर्देशन दिने,
(ग) संरक्षक समितिको निर्णय र निर्देशन कार्यान्वयन गर्ने, गराउने,
(घ) संरक्षक समितिमा पेश हुने सबै विषय सम्बन्धी प्रस्ताव पेश गर्न लगाउने,
(ङ) विश्वविद्यालयको विकासका लागि अल्पकालीन र दीर्घकालीन कार्यक्रम
तय गर्ने, गराउने,
(च) विश्वविद्यालयलाई आवश्यक स्रोतको व्यवस्था गर्ने,
(छ) विश्वविधालयमा आर्थिक अनुशासन, मितव्ययिता र पारदर्शिता कायम गर्ने,
गराउने,
(ज) विश्वविधालयको सम्पत्तिको व्यवस्थापन, सुरक्षा र संरक्षण गर्ने, गराउने,
(झ) तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने ।
(२) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियममा कुनै निकाय वा पदाधिकारीले गर्ने भनी उल्लेख भए बाहेकका काम अध्यक्षले गर्नेछ ।
(३) उपदफा (२) बमोजिम अध्यक्षले कुनै काम गरेकोमा लगत्तै बस्ने संरक्षक समितिको बैठकबाट त्यस्तो कामको अनुमोदन गराउनु पर्नेछ ।